
२३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगीमा सरकारले निकट व्यक्तिलाई संरक्षण गरको आरोप लगाएको छ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले सत्ता गठबन्धन निकट व्यक्तिहरुलाई संरक्षण गर्ने काम सरकारले गरेको आरोप लगाएको हो ।
केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘सहकारी ठगी कारवाही सन्दर्भमा सत्ता गठबन्धन निकट व्यक्तिहरुलाई संरक्षण गर्ने सरकारको पूर्वाग्रही र भेदभावपूर्ण रवैयाको विरोध गर्दछ ।’
माओवादीले केन्द्रीय समिकिो बैठकबाटै सहकारी क्षेत्रमा देखिएको अनियमितता र ठगीको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ । सहकारी पीडितहरूको बचत रकम फिर्ता गर्ने व्यवस्था मिलाउन तथा लघुवित्त पीडितहरूका माग सम्बोधन गर्न पनि माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4