+
+

कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्न माओवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १९:४३

२३ पुस, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कृषि उपजको न्यूनतम समर्थन मुल्य तोक्न माओवादीको माग गरेको छ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो माग गरेको हो ।

केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘किसानहरुले उत्पादन गरेको कृषि उपजको न्युनतम समर्थन मूल्य तोक्न तथा औपचारिक क्षेत्रका श्रमिकहरुको ज्याला वृद्धिका साथै अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको न्यूनतम ज्याला निर्धारण गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

जनताको दैनिक उपभोग्य बस्तुहरुमा भएको मूल्य वृद्धिको कारण जनजीवन कष्टकर बन्दै गएको भन्दै माओवादीले चिन्ता व्यक्त गरेको छ । निर्णयमा अगाडि भनिएको छ, ‘तत्काल मुल्यवद्धि नियन्त्रण गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?