+
+

यी हुन् युट्युब ट्रेन्डिङका शीर्ष १० गीत, शीर्षस्थानमा ‘दुश्मन हेरेको हेर्‍यै’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते २०:१७

काठमाडौँ । दुर्गेश थापाको पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’ले रिलिजको आठौं दिनमा युट्युवको नेपाल ट्रेन्डिङ (संगीत खण्डतर्फ) ओगटेको छ । मंगलबारदेखि यो गीतले सुजन चापागाईंको गीत ‘मखमली’लाई उछिनेको छ ।

यतिमात्र होइन, यो समाचार तयार पार्दासम्म थापाको उक्त गीत युएईमा युट्युवको १२ औं र कतारमा तेस्रो स्थानमा छ । झण्डै एकसाता यो गीत अष्ट्रेलियाको ट्रेन्डिङमा थियो ।

युट्युवको पछिल्लो ट्रेन्डिङ अपडेटअनुसार मंगलबार बेलुकासम्म युट्युवको संगीत खण्डतर्फ शीर्षस्थानमा रहेको ‘दुश्मन हेरेको हेर्‍यै’लाई २७ लाखभन्दा धेरै पटक हेरिएको छ । यो गीतको गायनमा दुर्गेशसहित आनन्द अधिकारी, एलिना चौहान र समीक्षा अधिकारीले स्वर दिएका छन् ।

दोस्रो स्थानमा फिल्म ‘ऊनको स्वीटर’मा समावेश गीत ‘मखमली’ छ । केही दिनसम्म यो गीत पनि नेपालको संगीत खण्डतर्फ ट्रेन्डिङको शीर्षस्थानमा थियो । रिलिजको १२ दिनसम्म यो गीतलाई ३६ लाख पटक हेरिएको छ ।

ट्रेन्डिङको तेस्रो स्थानमा भिटेनको गीत ‘ज्यो ज्यो’ छ जसलाई ११ लाख पटक हेरिएको छ । चौंथो स्थानमा ५ः५५ नामले चिनिने गायक चिराग खड्काको गीत ‘बुढी २’ छ । आफ्नो बहुचर्चित गीत ‘बुढी’पछि खड्काले सोही शीर्षकमा दोस्रो गीत ल्याएका हुन् । यो गीत अहिले अष्ट्रेलियाको ट्रेन्डिङमा छ ।

मिस्टर डीको नयाँ गीत ‘अख्खा छ’ अहिले ट्रेन्डिङको पाँचौं स्थानमा छ । यो गीत पनि अहिले अष्ट्रेलिया, युएई लगायतका मुलुकमा ट्रेन्डिङमा छ । यो गीतलाई अहिलेसम्म २६ लाख पटक हेरिएको छ ।

ट्रेन्डिङको छैटौं स्थानमा टंक तिमल्सिना र शान्तिश्री परियारको गीत ‘मन माया’ छ । यो गीतलाई अहिलेसम्म १३ लाख पटक हेरिएको छ । सातौं स्थानमा सुजन चापागाईंको एकल ट्रयाक ‘एक्लै भएनी, मेरो अधुरो प्रेम’ छ । यो गीतलाई अहिलेसम्म ३२ लाख पटक हेरिएको छ ।

ट्रेन्डिङको नवौं स्थानमा सज्जनराज वैद्यको ‘क ख ग’ छ जसले अपेक्षाकृतरुपमा भ्यूज बटुल्न सकेको देखिँदैन । ६ दिनसम्म यो गीतलाई ३ लाख ९३ हजार पटक मात्र हेरिएको छ । वैद्यको स्टारडमअनुसार गीतले अपेक्षाकृत भ्यूज पाएको छैन ।

दशौं स्थानमा कमल खत्री र मेलिना मैनालीको ‘प्रेगनेन्सी स्टोरी’ गीत छ । यो सांगीतिक जोडीले सन्तान स्वागतबारे जानकारी दिने उद्देश्यले ल्याएको गीत ट्रेन्डिङमा छ । पशुपति शर्माको नयाँ गीत ‘चिन्न पर्ने छ’ ट्रेन्डिङको ११ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?