+
+

प्रहरीमा २५ एसएसपीको पद रिक्त, ४ महिनादेखि हुन सकेन बढुवा

१७ भदौदेखि रिक्त हुन थालेको एसएसपी पद अहिलेसम्म आइपुग्दा रिक्तको संख्या २५ पुगिसकेको छ । तर, अहिलेसम्म बढुवा हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते २०:५५

२३ पुस, काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएको ६ महिना पूरा हुँदा पनि बढुवा हुन सकेको छैन ।

प्रहरी नियमावली अनुसार रिक्त भएको तीन महिनाभित्र प्रहरी कर्मचारीको बढुवा गरिसक्नुपर्ने हुन्छ । प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पदपूर्ति गर्न लेखी आएको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने हुन्छ ।

१७ भदौदेखि रिक्त हुन थालेको एसएसपी पद अहिलेसम्म आइपुग्दा रिक्तको संख्या २५ पुगिसकेको छ । तर, अहिलेसम्म बढुवा हुन सकेको छैन । गत साता मात्रै ५ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै रिक्त एसएसपीको संख्या २५ पुगेको छ ।

एसएसपीको बढुवा सिफारिस समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक (आईजी) सदस्य र आईजीले तोकेको एआईजी सदस्य सचिव रहने व्यवस्था छ ।

एसएसपीको बढुवामा अहिले दुई ब्याचका एसपीहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । जसमा २०५६ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरू र २०५८ मा इन्सपेक्टरमा भर्ना भएकाहरूबीच हुनेछ ।

२०५६ मा भर्ना भएकाहरू मध्ये ६ जना अहिले पनि एसपी छन् । जसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल, तुलबहादुर कार्की, रोकश सिंह र राजिव बस्नेत छन् ।

यद्यपी उनीहरू पनि २०५८ कै टोलीसँग एसपीमा बढुवा भएका थिए । २०५८ मा इन्सपेक्टरमा भर्ना भएका ८९ जनाहरु पाँच लटमा एसपीमा बढुवा भएका थिए । जसमा पहिलो लटमा २०७५ फागुन ३ गते पहिलो लटमा बढुवा भएका थिए ।

२०५८ का ब्याचीहरू पहिलो लटमा २०७५ फागुनमा बढुवा हुँदा २०५६ का टोलीका अधिकारी, सिलवाल र कँडेलसँगै बढुवा भएका थिए ।

कार्की, सिंह र बस्नेत भने २०५८ कै टोली दोस्रो लटमा २०७७ वैशाखमा बढुवा भएका थिए । जसकारण अहिले २०५६ का टोली र २०५८ का टोलीहरूबीच एसएसपी बढुवामा प्रतिस्पर्धा हुने देखिन्छ ।

२०५८ को ब्याचीका पहिलो नम्बरका एसपी रमेश थापासँगै उनीसँग बढुवा भएका कमल प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन् ।

उनीहरू भन्दा पछि २०७७ वैशाख १७ मा बढुवा भएका २०५८ कै ब्याचीहरू पनि बढुवाको प्रतिस्पर्धामा छन् । जसमा होविन्द्र बोगटी, बेद विष्ट, दयानिधि ज्ञवाली, सन्तोष सिंह राठौर, शान्तिराज कोइराला, संञ्जयसिंह थापा, महेन्द्र खड्का, प्रभु ढकाल, दीपक पोखरेल, प्रकाश मल्ल, ज्ञानेन्द्र फुयाल, दीपेन्द्र शाही, केदार खनाल, रामप्रकाश शाह, राजेन्द्रप्रसाद धमलालगायतको टोली बढुवाको प्रतिस्पर्धामा छ ।

उनीहरू बढुवा भएपछि एसपी र डीएसपी बढुवाको बाटो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?