+
+

शीतलहरले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते ६:४४
फाइल तस्वीर

२४ पुस, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा सवारी आवागमन प्रभावित भएको छ ।

मंगलबार राति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए ।

यो सूचना पाएपछि राति नै सो क्षेत्रमा प्रहरी टोली खटाइएको थियो । डिएसपी रेशम बोहराका अनुसार आज बिहानपख सवा ३ बजेतिर एकतर्फी सवारी साधन सञ्चालन भएका थिए । तर, अहिले पनि बाटो चिप्लो भएकाले मालबाहक गाडीहरु सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

यसले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक  असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

तर, महाशाखाले शीतलहर चलेको घोषणा भने गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?