+
+

डडेल्धुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते ७:३५

२४ पुस, धनगढी । डडेल्धुरामा पोखरीमा डुबेर साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीको दुई वर्ष पाँच महिनाकी छोरी रिया मालीको घर नजिकैको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकालाई पोखरीमा डुबेर घाइते भएको अवस्थामा उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले बालिकाको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?