+

जय ट्रफीमा बुधबार दुई खेल हुँदै

२०८१ पुष  २४ गते ७:४५ २०८१ पुष २४ गते ७:४५
जय ट्रफीमा बुधबार दुई खेल हुँदै

२४ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि मधेश प्रदेशको जनकपुर र वीरगंजमा सुरू भएको जय ट्रफी मेन्स एलिट कप अन्तर्गत आज दुई खेल सुरू हुँदै छन् ।

प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा मधेश प्रदेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ ।

त्यसैगरी चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा उक्त खेल पनि साढे ९ बजे सुरू हुने तालिका छ ।

यसअघि भएको उद्घाटन खेलमा पुलिस र आर्मी तथा बागमती र मधेशले ड्र खेलेका थिए ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय