+
+

डोटीको जंगलमा भेटियो महिलाको शव

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते ८:०३

२४ पुस, धनगढी । डोटीमा एक जना महिलाको वेवारिसे शव फेला परेको छ । मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका-६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घाँस, दाउरा काट्ने महिलाहरुले वेवारिसे अवस्थामा शव देखेपछि वडानम्बर  ६ का वडाध्यक्ष कृष्णप्रसाद जैसीमार्फत प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराई नेतृत्वको टोली घटनास्थल प्रस्थान भएको छ ।

शव भेटिएकोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?