२४ पुस, काठमाडौं । न्युकासल युनाइटेडले इंग्लिस फुटबल लिग (ईएफएल) कप सेमिफाइनलको पहिलो लेगमा प्रिमियर लिगको प्रतिद्वन्दी आर्सनललाई २-० ले पराजित गरेको छ ।
अवे मैदानमा प्राप्त यस जितबाट न्युकासल फाइनलनजिक पुगेको हो । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियमा भएको खेलमा न्युकासलका लागि एलेक्जानडर इसाकले ३७औं र एन्थोनी गोर्डनले ५१औं मिनेटमा गोल गरे ।
अब सेमिफाइनलको दोस्रो लेग ५ फेब्रुअरीमा न्युकासलको मैदान सेन्ट जेम्स पार्कमा हुनेछ । अर्को सेमिफाइनल टोटनहम र लिभरपुलबीच हुनेछ ।
न्युकासलले अहिलेसम्म लिगकपको उपाधि जित्न सकेको छैन् । सन् २०२२-२३ मा फाइनल पुगेपनि म्यानचेष्टर युनाइटेडसँग पराजित भएको थियो ।
प्रतिक्रिया 4