२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलमा नेपाल पुलिस र मधेश प्रदेशबीच खेल भइरहेको छ ।
पर्सामा भइरहेको पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले लन्च ब्रेकसम्म २९.१ ओभरमा ४ विकेटको क्षतिमा ९९ रन बनाएको छ ।
मयन यादव ५१ रन बनाएर खेलिरहेका छन् । निरज यादव २९ तथा कप्तान हरिशंकर साह ९, विशाल पटेल ६ र साहिल पटेल ० रनमा आउट भएका थिए ।
मधेशका मयन यादवले ७९ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतले अर्धशतक पूरा गरेका थिए । उनले यसअघि बागमतीसँगको खेलमा शतक बनाएका थिए ।
पुलिसका गुल्शन झाले २ विकेट लिँदा सर्वन यादव र कुशल भुर्तेलले एक-एक विकेट लिएका छन् ।
पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।
प्रतिक्रिया 4