+
+

मोरङमा हात्तीले ३ घर भत्कायो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १३:१५

२४ पुस, विराटनगर । जंगली हात्तीले मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा तीनवटा घर भत्काएको छ ।

बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्‍याएको हो ।

प्रहरीका अनुसार हात्तीले बरालको टिनको छानो भएको घरको टाटीबेरा भत्काएर १५ मन बराबर  धानमा क्षति पुर्‍याएको छ । घरमा खानका लागि राखेको धान हात्तीले टाटी भत्काएर खाइएको थियो । नखाएको धान हात्तीले वरपर छरेको थियो ।

साही स्थानकी श्रेष्ठको घरको उत्तर पट्टीको गारो हात्तीले भत्कादिएको छ । हात्तीले गारो भत्काउँदा कोठाभित्र रहेको दराज, पलङमासमेत क्षति पुगेको प्रहरीले बताएको छ ।

स्थानीय राईको घरको कच्ची बेरा पनि हात्तीले भत्काएको हो । बिहान बस्ती पसेको हात्ती तीन वटार घरमा क्षति पुर्‍याएपछि पुन जंगल  पसेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?