+

गुल्शनको पाँच विकेटमा मधेश १२९ रनमा समेटियो

२०८१ पुष  २४ गते १३:२५ २०८१ पुष २४ गते १३:२५
गुल्शनको पाँच विकेटमा मधेश १२९ रनमा समेटियो

२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलमा नेपाल पुलिस र मधेश प्रदेशबीच खेल भइरहेको छ ।

पर्सामा भइरहेको पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमा समेटिएको छ । लन्च ब्रेकसम्म २९.१ ओभरमा ४ विकेटको क्षतिमा ९९ रन बनाएको मधेशले थप ३० रन जोड्दा ६ विकेट गुमायो ।

मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए । पुलिसका गुल्शन झाले १३ ओरभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिएका छन् ।

गुल्शन जय ट्रफीमा ५ विकेट लिने चौथो खेलाडी हुन् । यसअघि पहिलो खेलमा बागमतीका सन्दीप लामिछानेले दुवै इनिङमा तथा पुलिसका ललित राजवंशी, आर्मीका साहब आलमले एक इनिङमा ५ विकेट लिएका थिए ।

पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय