+
+

सरकार अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १३:३३
फाइल तस्वीर

२४ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको अर्थतन्त्र सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको बताए ।

उनले नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पौडेलले अर्थतन्त्रमा देखापरेका मुद्दा ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका काम अघि बढाउन सरकारले विशेष ध्यान दिएको बताए । अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने उनले प्रतिबद्धता जनाए ।

अर्थमन्त्री पौडेलले आईएमएफ सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गरे । यसका लागि नेपाली पक्षबाट पर्याप्‍त सहकार्य एवं समन्वय हुने विश्‍वास दिलाए । उनले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरे ।

भेटमा सर्वत जहान नेतृत्वको आईएमएफ टोलीले विगतका सुधार कार्यक्रम समीक्षा जारी रहेको र आगामी दिनका लागि गृहकार्यमा रहेको जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?