२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलमा नेपाल पुलिस र मधेश प्रदेशबीच खेल भइरहेको छ ।
पर्सामा भइरहेको पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमा समेटिएपछि आफ्नो पहिलो इनिङ सुरू गरेको पुलिसले आक्रामक सुरूवात गरेको छ ।
टी ब्रेकसम्म पुलिसले १५ ओभर खेल्दा कुनै पनि विकेट नगुमाई ६९ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ४१ तथा दिलिप नाथ २६ रनमा खेलिरहेका छन् ।
त्यसअघि पहिलो इनिङमा लन्च ब्रेकसम्म २९.१ ओभरमा ४ विकेटको क्षतिमा ९९ रन बनाएको मधेशले थप ३० रन जोड्दा ६ विकेट गुमाएको थियो र १२९ रनमा समेटिएको थियो।
मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए । पुलिसका गुल्शन झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिए ।
पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।
प्रतिक्रिया 4