+

इमरान र बसिरको अर्धशतकमा बागमतीविरूद्ध आर्मीको बलियो योगफल

२०८१ पुष  २४ गते १४:४८ २०८१ पुष २४ गते १४:४८
इमरान र बसिरको अर्धशतकमा बागमतीविरूद्ध आर्मीको बलियो योगफल

२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच खेल भइरहेको छ ।

जनकपुरमा भइरहेको पहिलो दिनको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले आफ्नो पहिलो इनिङमा बलियो योगफल खडा गरेको छ । आर्मीको पहिलो इनिङ सकिएसँगै अहिले टी ब्रेक भएको छ ।

आर्मीले ६० ओभरमा ५ विकेट गुमाएर २७६ रन बनायो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ७२ रन बनाए भने बसिर अहमद ५३ रनमा अविजित रहे । कुशल मल्ल पनि ३५ रनमा अविजित रहे भने तृतराज दास ४४ र भीम सार्की ३२ रनमा आउट भए ।

बागमतीका विपिन आचार्यले १३ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २२ ओभरमा १०३ रन खर्चेर २ विकेट हात पारे । अब बागमतीले आफ्नो पहिलो इनिङ सुरू गर्ने छ ।

पहिलो खेलमा आर्मीले पुलिससँग ड्र खेलेको थियो भने बागमतीले मधेशसँग ड्र खेलेको थियो ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय