२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलमा नेपाल पुलिस र मधेश प्रदेशबीच खेल भइरहेको छ ।
मधेश पहिलो इनिङमा अलआउट भएपछि आफ्नो पहिलो इनिङ सुरू गरेको पुलिसका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ५६ बलमा ७ चौका प्रहार गरेका छन् ।
पुलिसले १७ ओभरमा बिना कुनै विकेटको क्षतिमा ८० रन बनाएको छ । क्रिजमा अर्का ओपनर दिलिप नाथ २६ रन बनाएर खेलिरहेका छन् ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमा समेटिएको थियो । मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए ।
पुलिसका गुल्शन झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिए ।
पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।
प्रतिक्रिया 4