+
+

सिमरामा लगातार दोस्रो दिन उडान हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १८:१६
फाइल तस्वीर

२४ पुस, काठमाडौं । सिमरा विमानस्थलमा लगातार दोस्रो दिन सबै उडान रद्द भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार र बुधबार सिमरा विमानस्थलमा राखिएका सबै उडान रद्द भएका हुन् । बाक्लो हुस्सुका कारण तराई भेगमा भिजिबिलिटी कम हुने गर्छ ।

सोहीकारण बुधबार सिमरा र भरतपुरमा निर्धारित सबै उडान रद्द भएका हुन् । कार्यालयका अनुसार मंगलबार सिमरा, जनकपुर र भैरहवाका समेत अधिकांश उडान रद्द भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?