+
+

पार्टी र नेता विशेषमा होइन, जनताको पक्षमा संविधान संशोधन हुनुपर्छ : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १८:३५

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने पनि बताए । जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताउँदै सिटौलाले संविधान जारी भएपछि आजसम्मको राज्य सञ्चालनका बारेमा पनि समीक्षा जरुरी रहेको बताए ।

‘हाम्रो विचारलाई वाद गरेर, हामीले अंगालेको नीतिलाई वाद गरेर संविधानले स्थापित गरेको मार्गलाई वाद गरेर कोही अगाडि जान सक्दैन । त्यसैले हामीले भन्ने गरेका छौँ, संविधान संशोधन गरौँ, जनताको पक्षमा । पार्टी विशेषको पक्षमा होइन । नेता विशेषको पक्षमा होइन,’ सिटौलाले भने ।

देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई कांग्रेसले प्रधानमन्त्री मानेर अघि बढेको बताउँदै उनले एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा कांग्रेसकै नीतिगत नेतृत्व भएको उनको दाबी थियो ।

‘ओलीजीले सरकारको नेतृत्व गर्नुभएको छ । आजको दिनमा पनि नेपालमा सबैभन्दा ठूलो पार्टी गएको निर्वाचनको मात्रै तुलना गर्ने हो भने नेपाली कांग्रेस पार्टी सबैभन्दा ठूलो र शक्तिशाली पार्टी छ । स्थानीय तहमा पनि र सबैतिर हामी ठूलो पार्टी छौँ,’ उनले भने, ‘हामी ठूलो पार्टी भएर पनि दोस्रो पार्टी एमालेको नेतालाई प्रधानमन्त्रीमा समर्थन गरेका छौँ । सरकारमा सामेल भएका छौँ । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली कांग्रेसको नीतिगत नेतृत्व रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?