
२४ पुस, काठमाडौं । नागरिकहरूलाई शीत लहरको प्रभावबाट बचाउन बुटवल उपमहानगरपालिकाले दाउरा वितरण अभियान सुरु गरेको छ । अत्यधिक चिसो बढेसँगै बुधबार बुटवल उपमहानगरपालिका–१ ले चोकचोकमा दाउरा वितरण गर्न सुरु गरेको हो ।
आर्थिक रुपमा विपन्न जनतालाई चिसोबाट बचाउन राहत स्वरुप दाउरा वितरण गरिएको बुटवल उपमहानगरपालिका, वडा नम्बर एकका अध्यक्ष नरेन्द्र बस्नेतले बताए ।
उनले यसबाट विपन्न नागरिकलाई राहत मिल्ने विश्वास लिएको बताउँदै उनले दाउरा बिहीबार पनि बाँड्ने कार्यक्रम रहेको जानकारी दिए ।
केहीदिन यता तराईका विभिन्न जिल्लामा अत्याधिक चिसो बढेको छ । बुटवल लगायतका स्थानमा शीत लहरले आम नागरिकको जनजीवन प्रभावित बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4