
पाकिस्तान । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।
पञ्जाबको गुजरानवाला सहरमा १ जनवरीमा बुबामाथि आक्रमण भएको थियो र उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा मंगलबार उनको मृत्यु भयो ।
‘ती दिदीबहिनीले आफूहरूबीच ‘स्थायी समाधान’ खोज्ने निर्णय गरेको बताए,’ सहरका वरिष्ठ प्रहरी अधिकारी रिजवान तारिकले भने, ‘त्यसपछि दिदीबहिनीले मोटरसाइकलबाट पेट्रोल लिएर सुतिरहेका बुबालाई आगो लगाइदिए ।’
सौतेनी दिदीबहिनी रहेका उनीहरूले बुबाले एक वर्षदेखि जेठी छोरीलाई बलात्कार गर्दै आएको र कान्छी छोरीलाई पनि दुईपटक बलात्कार गर्न खोजेको प्रहरीसँगको बयानमा बताएका छन् ।
उनीहरूका आमाहरू दुर्व्यवहारका बारेमा जानकार रहे पनि बदला लिने योजनाका बारेमा भने जानकार नरहेको बताइएको छ ।
प्रहरी नियन्त्रणमा रहेका दिदीबहिनीको पहिचान प्रहरीले गोप्य राखेको छ ।
मृतक पुरुषका दुई पत्नीहरूमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दोस्रोसँग सोधपुछ भइरहेको जनाएको छ ।
-रासस/एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4