+
+

‘होस्टेल ३’को पोस्टरमा सिम्रन, हेमा र समा पनि

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १९:४८

काठमाडौं । फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखलाले दोस्रो पोस्टर सार्वजनिक गरेको छ । फागुन २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्ममा सबै कलाकारलाई स्थान दिइएको छ ।

यसअघि पहिलो झलक देखिने गरी चार मुख्य अभिनेता आशिष घिमिरे, पारस बम, रिहान गिरि, र पदम तामाङलाई रमाइलो मुद्रामा प्रस्तुत गरिएको थियो । नयाँ पोस्टरमा यीसहित अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीलाई चित्रण गरिएको छ । राकेश दाहालले पोस्टर डिजाइन गरेका हुन् ।

फिल्मले क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणको कथावस्तु पेश गर्ने जनाइएको छ । सशान कँडेल सन्तोषको निर्देशन रहेको यो फिल्म नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनमा आउने जनाइएको छ ।

सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र कार्यकारी निर्माता शंकर कोइराला हुन् । सहनिर्मातामा शिशिर ज्ञवाली, कुन्दन गुप्ता छन् ।

अनिश सिग्देल र लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् । यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषको पनि अभिनय छ । अर्जुन तिवारीको छायांकन, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् ।

अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल संगीत निर्देशकको रुपमा छन् । विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको नृत्य, हिमाल केसीको एक्सन छ । यसअघि निर्माण गरिएका होस्टेलका दुइटै श्रृंखलाले राम्रो कमाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?