+
+

परराष्ट्र सचिवमा अमृत राई नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते २१:१८

२४ पुस, काठमाडौं । परराष्ट्र सचिवमा अमृत बहादुर राई नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राईलाई परराष्ट्र सचिवमा नियुक्त गरेको हो ।

परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाएपछि उनको ठाउँमा राईलाई नियुक्त गरिएको हो ।

उनले बुधबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

राई यसअघि ओली नै प्रधानमन्त्री हुँदा २०७५ सालमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका थिए ।

उनी न्युयोर्कमै काउन्सिलरको रुपमा पनि कार्यरत थिए । उनी दक्षिण अफ्रिकाको राजदूत नियुक्त भइसकेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?