+
+

च्याट जीपीटी बनाउने कम्पनीका सीईओले बहिनीलाई यौनशोषण गरेको आरोप

च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम ओल्टम्यानविरुद्ध उनकै बहिनीले यौनशोषणको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेकी छन् । तर ओल्टम्यानले आरोपको खण्डन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ७:४१

२५ पुस, काठमाडौं । च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम ओल्टम्यानलाई उनकै बहिनीले यौन शोषणको आरोप लगाएकी छन् ।

सामकी बहिनी एन ओल्टम्यानले उनीविरुद्ध मिसौरी राज्यको एक जिल्ला अदालतमा ६ जनवरीमा मुद्दा नै दर्ता गराएकी छन् ।

एन ओल्टम्यानका अनुसार उनलाई सन् १९९७ देखि २००६ को बीचमा दाजु साम ओल्टम्यानले यौन शोषण गरेका हुन् । त्यतिबेला उनी तीन वर्षकी र साम १२ वर्षका थिए । सामले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।

साम ओल्टम्यानले सोसल मिडिया प्लेटफर्म एक्समा आफ्ना दुई भाइ र आमासहितको संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बहिनीले लगाएका आरोप निराधार भएको बताएका छन् ।

साम ओल्टम्यानका अनुसार उनले बहिनीको बिल तिर्ने, भाडा तिर्ने गरेर आर्थिक सहयोग गर्दै आएका छन् । तर उनले लगातार थप रकम माग्ने गरेकी थिइन् । यही बीचमा उनले यौन शोषणमा परेको झुटा आरोप लगाएको साम ओल्टम्यानको भनाइ छ ।

साम ओल्टम्यान ओपन एआईकी सीईओ हुन् । ओपन एआईले नै आर्टिफिसियल इन्टेलिजेन्ट च्याटबट च्याट जीपीटी बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?