+
+

दाङमा चरेससहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:०४

२५ पुस, दाङ । प्रहरीले दाङबाट लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा प्यूठान स्वर्गद्धारी नगरपालिका-२ बस्ने वर्ष ३९ को निमबहादुर आले, नौबहिनी गाउँपालिका-२ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका-७ बस्ने वर्ष २९ को प्रकाश घर्ती मगर छ्न् ।

उनीहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

दाङ घोराही उप-महानगरपालिका वडा नं.१३ सिर्जनशील टोलस्थित उनीहरुको डेराबाट चरेस बरामद गरिएको प्रहरीले बताएको छ ।

गोप्य सूचनाको आधारमा पिछा गर्दै जाँदा बुधबार उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?