
२५ पुस, काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) १९ लाख ६ हजार ७४८ ले भरेका छन् ।
सीडीएस एण्ड क्लियरिङका अनुसार अनलाइन प्रणाली मेरोसेयरमार्फत सो संख्याले आवेदन दिएको हो । आवेदन लिने कार्य बन्द भइसकेको छ ।
कम्पनीको आईपीओमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको छ । करिब २ अर्ब ५१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।
बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन् । बाँकी सबैको हात रित्तो हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार जारी गरिएको सेयर सर्वप्रथम १० कित्ताका दरले पुगेसम्म सबैलाई बाँडफाँट गर्नुपर्नेछ ।
सो व्यवस्थाअनुसार सबैलाई बाँडफाँट गर्न नपुग्ने भएकाले १० कित्ताका दरले १ लाख ८४ हजार ५ सय जनाले मात्रै पाउने भएका हुन् ।
प्रतिक्रिया 4