+
+

शीतलहरका कारण तिलोत्तमा र बर्दघाटका  विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते ९:११

२५ पुस, बुटवल । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् ।

तिलोत्तमा नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।

शीतलहरका कारण चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले ५० दिने वार्षिक बिदाबाबा समायोजन गर्ने गरी विद्यालय बन्द गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

यस्तै बर्दघाट नगरपालिकाले पनि पुस २४ देखि २६ गतेसम्म विद्यालय बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?