+
+

जसपाले चुन्यो संगठन विभाग बाहेकमा नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १०:२४

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन र कानुन बाहेकका विभागहरुको नेतृत्व चयन गरेको छ ।

आर्थिक विभाग प्रमुखमा बलराम महतो, सूचना सञ्चार, विज्ञान तथा प्रविधि विभागमा जितेन्द्रकुमार यादव, युवा विद्यार्थी तथा खेलकुद विभागमा विदेश्वर यादव (बिक्की), महिला विभागमा प्रमीला कुमारी र सहकारी तथा गरिबी निवारण विभागमा उदयकान्त मिश्र चयन भएका छन् ।

सामाजिक सेवा तथा गैरसरकारी संस्था विभागमा विनिता यादव, उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङ, बौद्धिक पेशाकर्मी तथा ट्रेड युनियन विभागमा हेमचन्द्र महतोले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

जसपा नेपालले यसअघि नै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा, प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा पूर्ण बस्नेत, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुखमा सुरेश मण्डल चयन भएका थिए ।

अब संगठन विभाग र कानुन विभागमा पदाधिकारी चयन गर्न बाँकी छ । आगामी केन्द्रीय कार्यकारिणी समिति बैठकबाट बाँकी विभाग गठन र नेतृत्व चयन गरिने जसपा नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?