+
+

रेसुङ्गामा कुकुर पाल्न कडाइ, दर्ता नगरे कारबाहीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १०:३०

२५ पुस, गुल्मी । रेसुङ्गा नगरपालिकाले कुकुर पालनमा कडाइ गरेको छ । नगरपालिकाले घरपालुवा कुकुर अनिवार्य दर्ता गर्न आह्वानसमेत गरेको छ ।

घरपालुवा तथा व्यावसायिक कुकुर पाल्ने नागरिकहरूसँग कुकुर व्यवस्थापनसम्बन्धी विषयमा छलफलपछि घरपालुवा तथा व्यवसायिक कुकुरको अनिवार्य दर्ता र नवीकरण गर्नेसम्बन्धी निर्णय भएको रेसुङ्गा नगरपालिकाका प्रवक्ता रामप्रसाद पन्थी रामजीले बताए ।

विशेष गरेर तम्घास बजार क्षेत्रमा घरपालुवा कुकुर पाल्नेहरुका लागि दर्ता शुल्क ३००  र नवीकरण शुल्क १०० निर्धारण गरिएको छ । दर्ता गरेका कुकुरलाई नगरपालिकाले रेबिज खोप तथा आन्तरिक/परजीबीविरुद्धका औषधि उपलब्ध गराउने पन्थीले बताए ।

पशु प्राविधिकद्वारा नि:शुल्क परामर्श तथा स्वास्थ्य परीक्षण, दर्ता गरेका कुकुरहरूको परिचय नम्बरसहितको अनिवार्य बेल्ट राख्ने निर्णय गरिएको रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले बताइन् ।

कुकुर दर्ता गर्न अटेरी गर्ने, जथाभावी कुकुर छोड्ने, फोहोर गर्ने वा छिमेकीलाई असर पुर्‍याउने गतिविधि गरेमा पहिलोपटक चेतावनीका साथै जरिवानासमेत गरिने नगरपालिकाले जनाएको छ ।दोस्रोपटक जरिवानासँगै नगरपालिकामा उपस्थित, तेस्रोपटक कानूनी कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

कुनै पनि व्यक्ती वा संस्थाको नियन्त्रणमा नरहेका छाडा कुकुरहरुलाई नगरपालिकाले व्यवस्थापन गर्ने प्रवक्त पन्थीले बताए ।

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा भुस्याह कुकुरले अतंक रहेको छ । तम्घास बजारका सडक, चोक र गल्लीहरुमा भुस्याहा कुकुरको बिगबिगी छ ।

नागरिकबाट घर पालुवा तथा छाडा कुकुरको व्यवस्थापन बारेमा तीव्र गुनासो आएकाले व्यवस्थापना गर्न छलफल पश्चात थप निर्णय लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ बाबुराम पल्लीले बताए ।

बजारका मुख्य बजारसहित गल्ली गल्लीमा राति कुकुरका कारण हिंड्नै समस्या हुने गरेको स्थानीयहरुले गुनासो गर्छन् ।

सडकमा अलपत्र छाडिएका कुकुरले सडकमै छाउराछाउरी जन्माउने र ती छाउराछाउरी सडकमै हुर्कंने क्रम बढ्दो छ । नगर क्षेत्रका खालि जमिन, सडक, चोक र गल्लीहरुमा दर्जनौं कुकुरको ताँती नै लाग्छ ।

बेवारिसे कुकुरबाट राति हिंड्ने पैदलयात्री तथा मोटरसाइकल चालक सबैभन्दा बढी पीडित हुने गरेका छन् । त्यसको नियन्त्रण र नियमन गर्न नगरपालिकाले चासो देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?