+
+

‘कार्साङ’ हेरेपछि जितुको प्रशंसामा दीपाश्री, सहकार्यको सम्भावना छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १४:०४

काठमाडौं । ‘कार्साङ’ प्रिमियर अभिनेता जितु नेपालका लागि खास रह्यो । यो फिल्मा उनको अभिनयले प्रशंसा पाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीदेखि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जितुको अभिनयको प्रशंसा गरे ।

दीपाश्रीले जितुको अभिनय पछिल्ला फिल्मपिच्छे उत्कृष्ट बन्दै गएको बताइन् । ‘एकपछि अरु फिल्ममा भाइले जीवन्त अभिनय गर्नुभएको छ,’ सञ्चारकर्मीसँग उनले भनिन्, ‘एकपछि अर्को फिल्ममा उहाँले क्यारेक्टर चेन्ज गर्नुभएको छ ।’

यस्तै किसिमको अभिनय गर्दै जान जितुलाई उनले शुभकामना समेत दिइन् । ‘छक्कापञ्जा’ सिरिजदेखि जितु जीवन्त कलाकारको रुपमा अघि आएको दीपाको भनाइ थियो ।

यसअघि ‘छक्कापञ्जा’ र टिभी कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’मा दीपाश्री र जितुले सहकार्य गरेका थिए । त्यसपछि उनीहरू व्यावसायिक रुपमा अलग देखिए । गत महिना अमेरिकाको सानफ्रान्सिस्कोमा आयोजित गोल्डेन फिल्म अवार्डमा पनि यी दुईजना सँगै सहभागी थिए ।

अवार्डबाट प्राप्त भिडियो र तस्वीरमा यी दुईको हार्दिकता देखिन्थ्यो । त्यसपछि फ्यानले सामाजिक सञ्जालमा यी दुई कलाकारबीच पुनः सहकार्य हुन लागेको भन्दै टिप्पणी गरिरहेका छन् । ‘ज्वाइँ साब’को प्रवर्द्धनका क्रममा पनि जितुले भविष्यमा आफू पुनः ‘छक्कापञ्जा’ टिमसँग देखिन सक्ने बताएका थिए ।

यसपटक पनि दीपाश्रीले ‘कार्साङ’ प्रिमियरमा खुलेर दीपाश्रीले जितुको प्रशंसा गरेकी छन् । यसबारेका भिडियोमा प्रशंसकले यी दुईलाई पुनः एकसाथ सहकार्य गरेको हेर्ने अपेक्षा गरेका छन् ।

बुधबार साँझ फिल्म हेर्न बोर्ड अध्यक्ष डिसी, कलाकारहरु केदार घिमिरे, किरण केसी, अनुप बराल, विप्लव प्रतीक, कमल खत्री, मेलिना मैनाली लगायत बिग मुभिजमा पुगेका थिए । फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्देशक याम शेर्पाले बताए ।

‘कार्साङ’ शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?