
२५ पुस, काठमाडौं । नेपाल वायु सेवा निगमको समस्या र सुधारको उपाय खोज्न संसदीय अध्ययन उपसमिति गठन भएको छ ।
बिहीबार बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालको संयोजकत्वमा उपसमिति गरेको हो ।
समितिलाई एक महिनाको समय दिइएको छ । चार सदस्यीय उपसमितिमा सांसदहरू सुनिता बराल, योगेश गौचन थकाली र छिरिङ ल्हामु लामा (तामाङं सदस्य छन् ।
बिहीबार समितिले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेसहितको उपस्थितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गरेपछि समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्कर्ष निकालेको छ ।
समिति सभापति राजकिशोर यादवका अनुसार नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिना भित्रमा प्रतिवेदन पेश गर्नेछ । क्यानको बारेमा पनि आगामी बैठकबाट उपसमिति बनाएर जाने सभापति यादवले बताए ।
समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै वृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ ।
प्रतिक्रिया 4