+
+

पूर्वडीआईजी जोशीलाई पनि धरौटीमा छाड्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १८:०३

२५ पुस, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित सभापति रवि लामिछानेलाई समेत अदालतले धरौटीमा छाड्न भनेको छ । उनलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न भनिएको छ ।

लामिछाने, जोशी लगायतलाई संगठित रुपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा सरकारी वकिलले मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?