+
+

बेलबारी भिडन्तका बेला राखिएको बम २१ वर्षपछि ‘डिस्पोज’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते २०:४३

२५ पुस, विराटनगर। पूर्व-पश्चिम राजमार्गको मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ मालती पुल नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

राजमार्ग बिस्तार गर्ने क्रममा द्वन्द्वकालीन बम राखेको सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो। मालती पुल पश्चिम पट्टी सुरुङ खनेर राखेको बम सेनाले डिस्पोज गरेको हो ।

माओवादी केन्द्रका नेताहरुका अनुसार २०६० साल भदौमा माओवादी र सरकारपक्षबीच बेलबारीमा भिडन्त हुँदा सेनालाई रोक्न सो खण्डमा सुरुङ खनेर एम्बुस राखेको थियो ।

राजमार्ग विस्तारका क्रममा विष्फोट हुनसक्ने भन्दै माओवादीका नेताहरुले नै जिल्ला प्रशासन कार्यालयमा द्वन्द्वकालको बम रहेको सूचना दिएका थिए।

बिहीबार बिहान करिब ८ बजेदेखि खोजी सुरु गरेको सेनाको टोलीले दिउँसो सडक मुनी गाडिएको अवस्थामा चार वटा सिलिन्डर फेला परेको थियो। जसमा दुई सिलिन्डरमा बम थियो, दुई वटामा ग्यास मात्रै थियो।

विस्फोटक पदार्थ भरिएको २ वटा सिलिन्डर बम भने सेनाको टोलीले डिस्पोज गरेको थियो ।ग्यास भरिएका २ वटा सिलिन्डर थप अध्ययनका लागि नेपाली सेनाको टोलीले लगेको प्रहरीले बताएको छ।

मोरङ प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले द्वन्द्वकालमै राखेको बम सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए। बिहान ८ बजेबाट अवरुद्ध भएको सडक बम डिस्पोजपछि साँझ ५:३० बजेबाट सुचारु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?