
२५ पुस, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको निर्वाचनअन्तर्गत् आज बिहीवार उम्मेदवारी दर्ता भएको छ ।
संघको कुल २८ पदका लागि ४९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । सातजना निर्विरोध निर्वाचित भएपछि बाँकी २१ पदमा ४२ जना उम्मेदवारबीच अब चुनावी प्रतिस्पर्धा हुनेछ ।
अध्यक्ष, चार उपाध्यक्ष (एसोसिएसट, वाणिज्य, उद्योग र वस्तुगततर्फ), एक महासचिव, एक कोषाध्यक्ष, चार सचिव र एक सह–कोषाध्यक्ष, एसोसिएटतर्फ चार सदस्य, वाणिज्यतर्फ सात सदस्य, उद्योगतर्फ चार सदस्य र वस्तुगततर्फ एक सदस्य पदमा निर्वाचन हुन लागेको हो ।
संघको तीन वर्षे कार्यकालका लागि अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोदसिंह रानाभाटले उम्मेदवारी दिए । महासचिवमा प्रतिमा श्रेष्ठ र विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी र कृष्ण कर्माचार्य तथा सहकोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डेले उम्मेदवारी दिएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता इश्वरराज ढकालले जानकारी दिए ।
उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती र रवीन्द्र घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, कृष्णराज कोइराला (कृष), जगदीश दाहाल, दीपक शिवाकोटी र भूपेन्द्रप्रसाद अधिकारी र उद्योगतर्फकै महिला आरक्षण सदस्यमा मेनका श्रेष्ठ र सीतादेवी भेटवालले मनोनयन दर्ता गराएका छन् ।
एसोसिएसटतर्फ उपाध्यक्षमा उज्वल चौलागाईं र विष्णु खनाल, एसोसिएट सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा र पुजन विडारीको उम्मेदवारी परेको छ ।
वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने, वाणिज्यको सचिवमा दिवस पराजुली र कुलप्रसाद चौलागाईं, सदस्यमा बालकृष्ण बजगाईं, विष्णुप्रसाद दाहाल, यज्ञबहादुर राय (विनोद), राजेन्द्र लामिछाने, राजदेव बानियाँ, रविन ढकाल, सन्तोष घिमिरे, होमनाथ खनालको उम्मेदवारी रहेको निर्वाचन अधिकृत ढकालले जनाए ।
वस्तुगतर्फ उपाध्यक्षमा काव्यमणि अधिकारी र प्रदीप अर्याल चुनावी प्रतिस्पर्धामा छन् । वस्तुगतकै सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्की, सदस्यहरूमा कृष्णप्रसाद अर्याल, गोविन्द चौलागाईं, राजु नेपाल र शम्भु पुडासैनीको उम्मेदवारी रहेको छ ।
दुईजनाको उम्मेदवारी रद्ध
दुई सचिवसहित सातजना निर्विरोध भएका छन् । उद्योगतर्फको सचिवमा रुपकराज दाहाल र एसोसिएट सचिवमा माधव ज्ञवाली निर्विरोध चयन भए । दुवै सचिव पदमा अरु कसैको उम्मेदवारी परेन ।
एसोसिएसट सदस्यमा सुकृतराज पराजुली, एसोसिएट (बहुराष्ट्रिय) सदस्यमा बिक्रमकुमार सञ्जेल, मनहरी आरक्षण कोटाको वाणिज्य सदस्यमा शंकरप्रसाद कालाखेती, वाणिज्यतर्फकै महिला आरक्षण सदस्यमा निलमकुमारी पाण्डे र निलम बजगाईं निर्विरोध भएका छन् ।
यस्तै, दुईजनाको उम्मेदवारी रद्ध भएको संघका कार्यकारी सचिव पवन कार्कीले जानकारी दिए । मनहरी आरक्षण सदस्यमा नारायण सुवेदीको र उद्योगतर्फ गंगाकुमारी श्रेष्ठको उम्मेदवारी रद्ध भएको हो ।
२७ पुस बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने र त्यसै दिन मतगणना गरिने संघका कार्यकारी सचिव पवन कार्कीले जानकारी दिए । निर्वाचनमा दुई हजार ४६ जना सदस्यले मतदान गर्न पाउनेछन् । अघिल्लो अधिवेशनमा दुई हजार नौ सय सातजना सदस्य थिए । तीन वर्षमा आठ सय ६१ जना सदस्य घटेका छन् ।
प्रतिक्रिया 4