+
+

थुनामुक्त भएपछि रविको पहिलो प्रतिक्रिया : ‘धेरै लडाईं बाँकी नै छ’

उनले न्यायप्रणाली प्रति विश्वास बढेको पनि बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते २३:०३
हिरासतमा मुक्त हुने क्रममा रास्वपा सभापति रवि लामिछाने ।

२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धेरै लडाईं लड्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् । धरौटी रकम बुझाएर थुनामुक्त भएपछि भिडियो सन्देशमार्फत् लामिछानेले यस्तो बताएका हुन् ।

‘मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला,’ उनले भनेका छन्, ‘धेरै लडाईं बाँकी नै छ ।’

उनले न्यायप्रणाली प्रति विश्वास बढेको पनि बताएका छन् । ‘न्यायालयप्रति विशेष आभारी छु । न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै ठाउँ प्राप्त गरेकोमा धेरैधेरै धन्यवाद ।’

उनले आफूलाई माया गर्ने सबैलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?