+
+

कमल थापाले भेटे प्रधानमन्त्री ओली, संविधान संशोधनबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १३:०१

२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार बिहान भएको दुई नेता बीचको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएको थापाको सचिवालयले जनाएको छ ।

भेटमा थापाले २०८७ मा संविधान संशाेधनबारे राखेको जिज्ञासलाई स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् ।

संसद्मा रहेका कतिपय दलहरूले संविधान संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन प्रक्रियापछि धकेलिन सकिने धारणा प्रधानमन्त्री ओलीले राखेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार पछिल्लो समय देश गम्भीर संकटबाट गुज्रिरहेकोबारे थापाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?