+
+

कलाकार नेपाल बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजको एम्बेसडरमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १४:३८

काठमाडौं । ‘लाज शरणम’ फिल्मका अभिनेता कमलमणी नेपाललाई बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले व्यवसायिक दूतमा नियुक्त गरेको छ ।

शुक्रबार आयोजित समारोहमा समाजका अध्यक्ष दीपक नेपाल र प्रमुख अतिथि तथा फिल्मको निर्माण कम्पनी जेपिटी क्रिएसनका प्रमुख अर्जुन घिमिरे ‘पाँडे’ले औपचारिकरुपमा नेपाललाई दूतमा नियुक्त गरे ।

सो अवसरमा भुइँमान्छेहरूको स्वरोजगार अभियानमा चर्चित कलाकार दूतको रुपमा जोडिँदा राज्य समक्ष दुःख, पीडा र गुनासो सहजै पुग्नेमा आफूहरू आशावादी रहेको समाजका सल्लाहकार टोपबहादुर खत्रीले बताए ।

नेपालले अभिनय गरेको पछिल्लो फिल्म ‘लाज शरणम’ शिवरात्री अवसरमा १४ फागुनमा प्रदर्शन तयारीमा छ । फिल्ममा उनले डोल्पाको पिछडिएको गाउँको चरित्रमा अभिनय गरेका छन् ।

यसबाहेक अभिनेता नेपाल थुप्रै व्यवसायिक हिट फिल्म र टेलिभिजन श्रृंखलामा समेत ब्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?