+
+

सिंहदरबारमा प्रचण्ड-माधव भेट, राजेन्द्र श्रेष्ठ पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १५:५५
फाइल तस्वीर

२६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ ।

सिंहदरबारमा उनीहरूबीच केहीबेरअघिदेखि भेटवार्ता चलिरहेको हो ।

अध्यक्ष प्रचण्ड र नेपालसहितका नेताहरू हिजो (बिहीबार) पनि भेट भएको थियो । बिहीबारको भेटमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसाल पनि सहभागी थिए ।

सो भेटमा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका विषयमा छलफल भएको थियो ।

आजको भेटवार्तामा भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् ।

समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।
पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने समाजवादी मोर्चामा सक्रिय छैन ।

बिहीबारको छलफलमा मोर्चामा उपेन्द्रलाई सक्रिय बनाउने जिम्मा माधव नेपाललाई दिइएको थियो । बैठकमा अध्यक्ष नेपालले उपेन्द्रसँग कुरा गर्ने जिम्मा आफूलाई लिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?