+
+

फेरि संसद् भंग गर्ने प्रधानमन्त्रीको सोच होला : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष नेपालले २०८७ मा संविधान संशोधन हुने प्रधानमन्त्री ओलीको अभिव्यक्ति कुर्सीमै बसिरहने सोचबाट आएको हुनसक्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १७:२६

२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइको पछाडि पुनः संसद् भंग गर्ने चाहना लुकेको हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेपालले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिभित्र संसद् भंग गर्ने चाहना लुकेको हुन सक्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन ०८७ मा मात्र हुन्छ भनेर दिएको अभिव्यक्तिबारे सञ्चारकर्मीले अध्यक्ष नेपालको धारणा मागेका थिए ।

‘२०८७ सम्म बस्ने उहाँ (प्रधानमन्त्री ओली)को चाहना होला । चुनावै नगरी बस्ने हो कि ? विगतमा पनि संसद् भंग गरेको मान्छे, फेरि संसद् भंग गरेर ठेलेको ठेल्यै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि थाहा भएन,’ उनले भने ।

उनले मुलुक संचालनमा अप्ठेरो परेको भए र जनतालाई हित पुर्‍याउनुपर्ने भए संविधान संशोधनमा जानुपर्ने पनि बताए । ‘हाम्रो मुलुक संचालनको कामलाई मद्यत गर्छ भने जनताको हितमा छ भने संशोधन जानुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?