+
+

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते २१:२३

२६ पुस, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

आजको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

सरकारले केही अध्यादेशको तयारी गरेको चर्चाका बीच सो भेटवार्ता भएको थियो । आजको बैठकले केही नियुक्ति र बढुवासम्बन्धी निर्णय लिन सक्ने एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?