+
+

‘मायावी’को पोस्टरमा दीपिकासँग पलको प्रेम र पीडा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते २०:०७

काठमाडौं । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ ।

निर्माणपक्षले फिल्मको एउटा गीत सार्वजनिक गरेपछि दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइलाई स्थान दिइएको छ ।

एक पोस्टरमा पल दीपिकासँग रोमान्टिक देखिएका छन् भने अर्कोमा भावुक देखिएका छन् । दुई पोस्टरबाट फिल्मले प्रेम र पीडाको भाव व्यक्त गर्ने बुझ्न सकिन्छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा क्रियटिभ सिने आर्टस् र नेम महर्जनको लगानी छ । फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रुपमा छन् । साथै, फिल्ममा राजु पराजुली र सुमित वली सह-निर्माताको रुपमा छन् ।

फिल्ममा पल र दीपिकाको साथा सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नवकलाकार समीम खानको अभिनय छ । साथमा फिल्ममा राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारको पनि अभिनय छ ।

यो फिल्मको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, बसन्त अधिकारीको सह-निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ । सांगीतिक प्रेमकथामा बनेको फिल्मले प्रेम, विछोड र मित्रताको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?