
२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरूलाई रोजगारीको विषय प्रधानमन्त्री र पार्टी सभापतिको कोठासम्म पुर्याउने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो कमाईबाट खुशी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा भएको जिकिर गरेका छन् ।
‘रोजगारीको यो छलफललाई म प्रधानमन्त्रीको कोठामा पुर्याउन चाहन्छु । मैले कोशिस गरिरहेको छु,’ महामन्त्री थापाले भने, ‘म पार्टी सभापतिको कोठामा हुने बहसमा, छलफलमा यो कोठामा यो विषय पुर्याउन चाहन्छु ।’
देशका शीर्ष नेताको कोठामा राजनीतिको कुरा मात्रै नभई रोजगारीको पनि कुराकानी हुनुपर्ने थापाको भनाइ थियो ।
युवाहरूलाई आत्मसम्मान र खुशीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको उनले जिकिर गरे ।
‘नेपालको अहिलेको सबैभन्दा ठूलो पोलिटकल एजेण्डा भनेको नेपालको नौजवानहरूले नेपालमै बस्नसक्ने गरीकन आफ्नो आत्मसम्मान रहने गरी, खुशी हुनेगरी कमाइ भएको रोजगारी आजको नेपालको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा हो,’ थापाले भनेका छन् ।
प्रतिक्रिया 4