+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित

रासस रासस
२०८१ पुष २६ गते २२:२३

२६ पुस, काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई निलम्बनमा परेका छन् ।

प्रमुख आयुक्त महेन्द्रराज रन्जितले प्रमुख आयुक्त स्तरीय निर्णय गर्दै निर्देशक भट्टराईलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।

बैठकमा छलफलै नभएको विषयमा नेपाल स्काउटलाई दीर्घकालीन आर्थिक भार पर्नेगरी विभिन्न व्यक्तिलाई राष्ट्रिय परिषद् बैठकको निर्णयको हवाला दिई नियुक्ति गरेकाले उनलाई निलम्बन गरिएको हो ।

निर्देशक भट्टराईले अधिकृतस्तरमा दुई जनालाई चार वर्ष र कार्यालय सहयोगीमा एक जनालाई एक वर्ष आफूखुसी नियुक्त गरी नियुक्ति पत्र उपलब्ध गराएको प्रमुख आयुक्त रन्जितले बताए ।

आफैँले हस्ताक्षर गरी तलबसमेत भुक्तानी दिएको, पटक–पटक कार्यसमितिलाई जानकारी नगराइ विदेश जाने तथा विदेश जाँदा आफूले सम्हाली आएको जिम्मेवारी कोही कसैलाई नतोकी भट्टराईले नेपाल स्काउटको प्रशासनिक कार्यलाई आफ्नो हातमा लिएको, राष्ट्रिय परिषद्को हवाला दिई पत्राचार गरेका विषयमा पटक–पटक लिखित जवाफ पेश गर्न समय प्रदान गर्दा अटेर गरेकाले निलम्बन गरिएको जनाइएको छ ।

लिखित जवाफ पेस गर्न दिएको समय भट्टराईले अटेर गरी कार्य समितिप्रति बेवास्ता गरेको, विद्युतीय (इभी) सवारी प्रयोग गरी कार्यालयबाट तेल, मोबिल, चालकसमेतको एकमुष्ठ तलवमा गाभी मासिक भुक्तानी लिएको नेपाल स्काउटले जनाएको छ ।

पटक–पटक सचेत गराउँदा समेत भट्टराईले गैरकानुनी कार्य गरी संस्थालाई हानी नोक्सानी गरेकाले कार्यालय प्रमुखको जिम्मेवारीमा राख्दा संस्थालाई नोक्सानी हुने, सत्य तथ्य छानबिन गर्न बाधा पर्ने र सत्य तथ्य जानकारी लिन नसकिने भएकोले भट्टराईले सम्हाली आएको निर्देशक अर्थात् कार्यालय प्रमुखको जिम्मेवारीबाट तीन महिनाका लागि नेपाल स्काउट कर्मचारी नियमावली, २०५२ को व्यवस्था बमोजिम प्रमुख आयुक्त स्तरीय निर्णय गरी निलम्बन्न गरिएको रन्जितले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?