+

नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि लुम्बिनीबाट प्यारामाउन्ट छनोट

२०८१ पुष  २७ गते १०:४१ २०८१ पुष २७ गते १०:४१
नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि लुम्बिनीबाट प्यारामाउन्ट छनोट

२७ पुस, काठमाडौं । ई-प्लानेट नेशनल हाई स्कुल टी१० क्रिकेट च्याम्पियनसिपको लुम्बिनी प्रदेश छनोट प्रतियोगिताको उपाधि प्यारामाउन्ट बोर्डिङ हाईस्कुलले जितेको छ।

बुटवल तिल्लोत्तामास्थित नवजीवन क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा प्यारामाउन्टले एभरेस्ट इंगलिस बोर्डिङ स्कुललाई ८ विकेटले पराजित गर्‍यो । जितको लागि पाएको ६३ रनको लक्ष्य उसले ७.१ ओभरमा भेटायो। प्यारामाउन्टका लागि सन्देश पन्थीले सर्वाधिक ४१ रनको योगदान दिए।

यसअघि टस हारेर ब्याटिंग गरेको एभरेस्टले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ६२ रन बनायो। उसको लागि रवि यादवले सर्वाधिक १६ रनको योगदान दिए। प्यारामाउन्टको बलिङमा प्लेयर अफ द म्याच समेत घोषित शिव कुँवरले ४ विकेट लिए । उनले २ ओभरमा १ मेडन गर्दै मात्र ६ रन खर्चिए।

कुल ८ टिम सहभागी लुम्बिनी प्रदेश छनोटको उपाधि सहित प्यारामाउन्ट बोर्डिङ हाईस्कुलले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

आगामी माघ २३ गते देखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आयोजना हुने ई-प्लानेट नेसनल हाईस्कुल च्याम्पियनसिपको लागि सातवटै प्रदेशमा छनोट प्रतियोगिता आयोजना भइरहेको छ।

यसअघि चितवनमा सम्पन्न बागमती प्रदेशको पहिलो छनोटबाट अर्किड कलेज तथा इटहरीमा सम्पन्न कोशी प्रदेश छनोटबाट आस्था कलेज छनोट भएको थियो। आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा हुनेछ।

नेशनल हाइस्कुल च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय