+

जय ट्रफीमा बागमतीविरूद्ध पुलिसका श्रवन यादवले लिए ह्‍याट्रिक

२०८१ पुष  २७ गते १२:५७ २०८१ पुष २७ गते १२:५७
जय ट्रफीमा बागमतीविरूद्ध पुलिसका श्रवन यादवले लिए ह्‍याट्रिक

२७ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत शनिबार भइरहेको नेपाल पुलिस क्लब र बागमती प्रदेशबीचको खेलमा पुलिसका श्रवन यादवले ह्‍याट्रिक विकेट लिएका छन् । यो जय ट्रफीकै पहिलो ह्‍याट्रिक हो ।

बागमतीसँगको पहिलो इनिङको खेलको २७औं ओभरमा श्रवणले ह्‍याट्रिक लिएका हुन् । उनले २७औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए ।

उनले प्रतिक श्रेष्ठलाई १२ रनमा बोल्ड गरे भने लगत्तै अर्को बलमा सुर्य तामाङलाई बोल्ड गरे । त्यसपछिको बलमा बागमतीका कप्तान सन्दीप लामिछानेलाई क्याचआउट गराए ।

बागमती प्रदेश पहिलो इनिङमा ११२ रनमा अलआउट भएको छ । बागमतीका इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । श्रवणले ३ विकेट लिँदा स्पीनर ललित राजवंशीले ४ तथा कुशल भुर्तेलले २ विकेट लिए ।

जय ट्रफी एलिट कप ह्याट्रिक विकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय