+
+

सप्तरीमा ६७० किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते ८:०६

२८ पुस, सप्तरी । सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरेको हो ।

परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यस विषयमा आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?