+
एफए कप :

माकटीको ह्‍याट्रिकमा सिटीको गोलवर्षा

२०८१ पुष  २८ गते ८:३१ २०८१ पुष २८ गते ८:३१
माकटीको ह्‍याट्रिकमा सिटीको गोलवर्षा

२८ पुस, काठमाडौं । एफए कप फुटबलमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको तेस्रो चरणको खेलमा सिटीले लिग २ क्लब सालफोर्ड सिटीलाई ८-० को फराकिलो अन्तरले हराएको हो ।

सिटीको जितमा जेम्स माकटीले ह्‍याट्रिक गरे भने जेरेमी डोकुले दुई गोल गर्दा डिभिन मुबामा, निको ओरिली र ज्याक ग्रिलिशले एक-एक गोल गरे । पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा पाँच गोल थप्यो ।

डोकुले आठौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने मुबामाले २०औं मिनेटमा तथा ओरिलीले ४३औं मिनेटमा गोल गरेपछि सिटी पहिलो हाफमा ३-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ४९औं मिनेटमा ग्रिलिशले पेनाल्टीमा गोल गरे भने ६२औं मिनेटमा माकटीले गोल गरेपछि सिटी ५-० ले अगाडि बढ्यो । ६९औं मिनेटमा डोकुले पेनाल्टीमा गोल गरे भने ७२औं र ८१औं मिनेटमा माकटीले गोल गर्दै ह्‍याट्रिक समेत पूरा गरे र सिटीको ८-० को विशाल जित पक्का गरे ।

गएराति नै भएका अन्य खेलमा लिभरपुल, चेल्सी, ब्राइटन र बर्नमाउथले पनि जित निकालेका छन्।

एफए कप फुटबल म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय