
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
रुपन्देहीको भैरहवामा रहेको होटल सिद्धार्थ भिलासामा २६ पुसमा साधारण सभा सम्पन्न भएको उद्योगले जनाएको छ ।
उद्योगका अनुसार साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ ।
यसैगरी साधारण सभाले कम्पनीको चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने ३२ कराड ५५ लाख रुपैयाँ बराबरको बोनस सेयर र चुक्ता पूँजीको ३ प्रतिशतका दरले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4