+
+

सुन तोलामा १६ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १२:३२

२८ पुस, काठमाडौं । सुनको भाउ आइतबार बढेको छ । तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला १ हजार ६ सयले बढेर १ लाख ५५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

गत शुक्रबार तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन तोलाको १ लाख ५३ हजार ३ सय थियो ।

त्यसैगरी चाँदीको भाउ पनि १५ ले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तोलाको १ हजार ८ सय ४५ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?