+

जय ट्रफी : बागमतीद्वारा पुलिसलाई ११६ रनको लक्ष्य

२०८१ पुष  २८ गते १३:१४ २०८१ पुष २८ गते १३:१४
जय ट्रफी : बागमतीद्वारा पुलिसलाई ११६ रनको लक्ष्य

२८ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको छैटौं खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लबबीच आइतबार दोस्रो दिनको खेल भइरहेको छ ।

दोस्रो सेसनको खेल जारी रहँदा बागमतीले पुलिसविरूद्ध दोस्रो इनिङमा ११५ रनको अग्रता बनाउँदै ११६ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा बागमती २१८ रनमा अलआउट भयो ।

लन्च ब्रेकसम्म ३७ ओभर खेल्दा ५ विकेट गुमाएर १६७ रन बनाएको बागमती ५३ ओभरमा २१८ रनमा अलआउट भयो ।  शुभ कंसाकारले ७० तथा रित गौतमले ५२ रन बनाए ।

पुलिसका ललित राजवंशीले ३ विकेट लिँदा श्रवण यादवले २ तथा गुल्शन झा, कुशल भुर्तेल, राशिद खान र प्रेम तामाङले १-१ विकेट लिए ।

खेलको पहिलो इनिङमा बागमती ११२ रनमा अलआउट भएपछि पुलिसले जवाफमा २१५ रन जोडेको थियो ।

बागमती फाइनलको सम्भावना कायमै राख्न जित वा ड्रको खोजीमा हुनेछ भने आर्मी र मधेशबीचको खेलको नतिजामा पनि भर पर्नुपर्नेछ ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय