+
+

डीएल अपलोडलाई ‘एनवाईईएफ स्टार्टअप’ अवार्ड 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १२:५३

काठमाडौं । ‘एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ डीएल अपलोडलाई प्रदान गरिएको छ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले शुक्रबार आयोजना गरेको कार्यक्रममा डीएल अपलोडलाई उक्त अवार्ड प्रदान गरिएको हो । विजेता बनेसँगै स्टार्टअप कम्पनी डीएलले ४ लाख रुपैयाँ हात पारेको छ ।

नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव मनाउन आयोजित कार्यक्रममा १५० भन्दा बढीको सहभागिता रहेको थियो ।

उपविजेता बन्न सफल स्टार्टअप कम्पनी मेल्ट डाउनले २ लाख रुपैयाँ नगद हात पार्दा खेतीपाती अर्गानिक्सले अउडिएन्स पिक अवार्ड जित्दै १ लाख रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको बताए ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए ।

कार्यक्रममा ⁠डीएल अपलोड, ⁠मेल्ट डाउन, ⁠खेतीपाती अर्गानिक्स,⁠ ⁠ज्ञान बजार, ⁠ई-कागजपत्र, माच २० अर्बिटल्स र स्मार्टपालिक स्टार्टअपहरू अन्तिम सातमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?